काठमाडाैँ । अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ लाख ३२ हजार ७२१ रूपैयाँ जम्मा गरेका छन् ।
२०८३ भदाै ११ गतेको सचिव बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीहरूको तर्फबाट खोज, राहत र उद्धार कार्यका लागि योगदान स्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उल्लेख गरिएकाे छ ।
यस्तै, २०८३ भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त घटनामा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति अर्थ मन्त्रालयले श्रद्धाञ्जलि अर्पण गरेकाे छ । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्