आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा छ ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम तोकिएको छ ।

यस्तै युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा विनिमय दर कायम भएको छ ।

कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २७ पैसा बिक्रीदर ४०३ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४८ पैसा विनिमय दर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।