काठमाडौँ । सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाइने भएको छ ।
यस्तै, सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस्