अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार


काठमाडौं । रसुवास्थित अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको ११ दिनपछि जीवितै उद्धार गरिएको छ। लेन्हे-भोटेकोसी प्रलय का कारण सुरुङमा थुनिएका ती विदेशी नागरिकलाई नेपाली सेनाको टोलीले सफलतापूर्वक उद्धार गरेको हो।

नेपाली सेनाले उद्धार गरिएका चिनियाँ नागरिकको तस्बिर सार्वजनिक गर्दै उद्धार कार्य सम्पन्न भएको औपचारिक पुष्टि गरेको छ। बाढीले पुरिएका अन्य जलविद्युत आयोजनाहरूमा उद्धार जारी छ ।

भोटेकोशी नदीमा आएको भीषण बाढी जलविद्युत् आयोजनाको सुरुङभित्र पानी र लेदो भरिँदा ९ सयभन्दा अधिक प्राविधिक र कर्मचारीहरू भित्रै थुनिन पुगेका छन् ।