घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ४ हजार ३०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले घटेर ४ हजार ७२५ रूपैयाँमा कारोबार भइरहेको छ ।