मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स ‘एक्विजिसन’ गर्ने


काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स एक्विजिसन(प्राप्ति) गर्ने भएको छ ।

प्राप्तिका लागि दुबै संस्थासँग भदौ १९ गते संयुक्त हस्ताक्षर भएको छ ।

बाणिज्य बैंकमा अपग्रेड हुनका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको मुक्तिनाथले दुईओटा संस्थालाई गाभ्न लागेको हो । दुइओटा कम्पनी प्राप्ति गर्ने भएपछि आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिएको छ ।