काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २५ करोड २१ लाख ६६ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा पियोर इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत, १५ प्रतिशत र १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३५२ कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्