जेनजी विद्रोहको एक वर्ष पुरा


काठमाडौँ । जेनजी विद्रोहको एक वर्ष पुरा भएको छ । २०८२ भदौ २३ गते आज विहान जेनजी पुस्ता सडकमा उत्रिएका थिए ।

सुरुमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका जेनजीको आन्दोलनले पछि हिंसात्मक आन्दोलन लिएको थियो ।

प्रहरीको गोलीबाट विद्यार्थीहरू मारिएपछि भदौ २४ गते सिंहदरबार, संसद भनवन,राष्ट्रपति भवनलगायत सरकारी भवन जलाइएको थियो भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलकिप्टरबाट भागेका थिए भने मन्त्रीहरूको पनि हेलिकप्टरबाट उद्दार गरेर सेनाले सुरक्षा दिएको थियो ।

आन्दोलनले सरकार अपदस्थ भयो भने सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

कार्की नेतृत्वको सरकाले २०८२ फागुन २१ गते चुनाव गराएको थियो । चुनावपछि रास्वपा सबैभन्दा ठुलो दल बनेर आयो भने अन्य दलहरू निकै खुम्चिएका थिए । सरकारले आज सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद् बैठकको भदौ १८ गतेको बैठकले आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।