बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ३ लाख ५ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रूपैयाँले बढेर ४ हजार ७९० रूपैयाँ कायम भएको छ ।