काठमाडौँ । भोटेकोशी बाढीले अर्थमा पारेको प्रभाव अध्ययन गर्न अर्थ समितिले उपसमिति गठन गरेको छ ।
आज बसेको समिति बैठकले ‘बाढीमा अर्थतन्त्रमा पारेको प्रभाव विश्लेष्ण एवं जलवायु वित्त’सँग सम्बन्धित अध्ययन गर्न रास्वपा सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरको हो ।
उपसमिति सदस्यमा डा. पुष्पराज कँडेल, परशुराम तामाङ्, लिमा अधिकारी, सुशान्त वैदिक र पुष्प चौधरी सदस्य छन् । असोज २ गतेभित्र प्रतिवेदन पेश गर्ने गरी उपसमिति गठन गरिएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
भोटेकोशी बाढीले पारेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको छ । आयोगले विभिन्न ४ क्षेत्रमा आधारित रहेर विश्लेषण गरेको छ । विश्वबैंकले भने प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरिसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्