दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम करिब ४ अर्ब रूपैयाँ


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

लिबर्टी इनर्जी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा लबर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, आज सिन्धु विकास बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९८ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३४१ कम्पनीको एक करोड ५ लाख ८३ हजार १५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।