काठमाडौँ । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बोनस सेयर तथा नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव कम्पनीको आगामी १७औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।


प्रतिक्रिया दिनुहोस्