जिएसी आयोन विद्युतीय कारमा आगलागी,एककाे मृत्यु


काठमाडौँ । जिएसी आयोन (GAC AION Y) इलेक्ट्रिक कारमा आगो लाग्दा लाग्दा एक जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–९ वसन्तचोकमा आज बिहान बिहान जिएसी आयोनको इभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

शुक्रबार बिहान ६ बजेतिर पूर्वतर्फबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको जिएसी आयोनमा आगलागी भएको थियो ।

आगो लागेर कारभित्रै जलेका व्यक्तिको पहिचान नभए पनि चालकको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । प्रहरीले आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।