२८ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

लिबर्टी इनर्जी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ६६ लाख ५५ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.५३ प्रतिशतले बढेको छ ।

यस्तै, आज मल्टिपर्पोज लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ ।

कुल ३४५ कम्पनीको एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।