४८ अंकले बढ्यो नेप्से परिसूचक, ८ अर्ब २९ करोड रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ७० लाख ७ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९६ प्रतिशतले बढेको छ ।

कुल ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।