काठमाडौँ । सरकारले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पुँजीगत लाभकर घटाएको हो । अब एक वर्षभन्दा कम अवधिमै सेयर बेच्ने व्यक्तिगत लगानीकर्तालाई नाफामा ३.५ प्रतिशत र सो समयपछि बेच्नेलाई ५ प्रतिशतमा कर लाग्ने सरकारका प्रवक्ता तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए।
यो अग्रिम करको रूपमा लाग्ने छ । अर्थ मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको २१ बुँदे कार्य योजनामा लाभकर घटाउने उल्लेख गरेको थियो ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सेयर किनेर एक वर्षभन्दा कम अवधिमै बेच्नेलाई १० प्रतिशत र एक वर्ष कटेपछि बिक्री गर्नेलाई ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्थालाई सरकारले नयाँ व्यवस्था गरेको हो ।


प्रतिक्रिया दिनुहोस्