झिनो अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४४ करोड ४० लाख ४४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।

यस्तै, स्नो रिभर्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.२३ प्रतिशतले घटेको छ ।

कुल ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।