“प्रायः बिहानको खाजा खाने बेला खुट्टाको मोजा निचोर्दा पानी चुहिने जस्तै पसिना आउँथ्यो । तर त्यो कठिनाइलाई हामीले बोझ नभई सिकाइको प्रक्रिया मानेका थियौँ। इजरायलको कठिन श्रम र निरन्तर अभ्यासले उनलाई कृषिको वास्तविक व्यावहारिक ज्ञान मात्र दिएन, जीवनका मूल्य र गहिरो बुझाइसमेत सिकायो।“
नेपालको कृषि क्षेत्रमा प्रविधि र यान्त्रिकीकरणको चर्चा बर्सेनि गरिन्छ । युवा पलायन रोक्न मात्र नभई कृषिको उत्पादकत्व बढाउन पनि यान्त्रीकरण नयाँ विकल्पको बाटो बनिसकेको छ तर यसका लागि कसले कति काम गरिहेको छ त ? नेपालमा विशेषगरी कृषि यान्त्रीकरणमा भूमिका खेल्ने क्षेत्र हो कृषि यन्त्रको उत्पादन, आयात तथा विक्री वितरणको क्षेत्र । विश्वभर विकसित सहज कृषि यन्त्र भित्र्याएर कृषकको घर घरमा पुर्याउन कृषि यान्त्रीकरणका क्षेत्रमा संलग्न युवाहरुले दूतको रूपमा काम गरिरहेका छन् ।
यान्त्रीकरणको चर्चा बढ्दै जाँदा केही यस्ता व्यक्तित्व पनि छन् जसले आफ्नै संघर्ष, अनुभव र दृष्टिकोणबाट कृषि यान्त्रीकरणमा योगदान गरिरहेका छन् । यस्तै योगदान गर्ने युवा उद्यमी हुन्, अर्जुन प्रसाद लुइँटेल । देशभर कृषि यन्त्र विस्तारमा चुपचाप उद्यमशीलतामार्फत् उनले योगदान उदाहरणीय छ । बाहिर खासै बोल्न, चर्चामा आउन नचाहने उनी आफू मात्र उद्यमी बनेका छैनन्, कृषिमा रोजागर, उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रत्यक्ष अप्रत्यक्ष योगदान गरिरहेका छन् ।
विसं. २०३९ सालमा स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१४ मा जन्मिएका लुइँटेलको बाल्यकाल गाउँकै सामान्य परिवेशमा बित्यो । उनका बुवा–आमासँगै खेतबारीको काम, मेहनत र संघर्षसँगै हुर्किएको बाल्यकालले नै उनलाई जीवनको वास्तविकता चाँडै बुझायो । माध्यमिक तहको अध्ययन गल्याङस्थित गलकोट माध्यमिक विद्यालय, जिमुवाबाट पूरा गरे भने कक्षा १२ को शिक्षा वालिङ बहुमुखी क्याम्पसबाट हासिल गरे । विद्यार्थी जीवनदेखि नै उनीमा आत्मनिर्भर बन्ने हुटहुटी थियो । पढाइका लागि घरमा निर्भर हुनुभन्दा आफै केही गरेर अघि बढ्ने निर्णय गर्दै कक्षा १२ अध्ययनका क्रममा वालिङ–१३ मा रहेको जीवन ज्योति इङ्लिस बोर्डिङ स्कुलमा पढाउँदै उनले आफ्नै पढाइ खर्च जुटाउने प्रयास गरे ।
पढाइका लागि घरमा निर्भर हुनुभन्दा आफै केही गरेर अघि बढ्ने निर्णय गर्दै कक्षा १२ अध्ययनका क्रममा वालिङ–१३ मा रहेको जीवन ज्योति इङ्लिस बोर्डिङ स्कुलमा पढाउँदै उनले आफ्नै पढाइ खर्च जुटाउने प्रयास गरे । पढ्दै कमाउने, अनुभव बटुल्ने र भविष्यको बाटो आफै बनाउने सोचले उनको आत्मविश्वास झन् बढाउँदै लग्यो । यही आत्मविश्वासले उनलाई २०५९ सालमा काठमाडौँसम्म ल्यायो ।
पढ्दै कमाउने, अनुभव बटुल्ने र भविष्यको बाटो आफै बनाउने सोचले उनको आत्मविश्वास झन् बढाउँदै लग्यो । यही आत्मविश्वासले उनलाई २०५९ सालमा काठमाडौँसम्म ल्यायो । काठमाडौँ आएपछि उनले स्नातक तहको अध्ययन सुरु गरे । काठमाडौँको सुरुवाती बसाइ संघर्षपूर्ण थियो । भाडाको कोठामा बस्दै पढाइ र दैनिक खर्च व्यवस्थापन गर्नु सजिलो थिएन । तर चुनौतीकाबिच पनि उनले हार मानेनन् । काठमाडौँको एजुकेसनल कन्सल्टेन्सी क्षेत्रमा काम गर्दै उनले आफ्नो खर्च धान्ने मात्र होइन अन्तराष्ट्रिय शिक्षा र अवसरहरूको अनुभव पनि बटुल्न थाले ।
लुइँटेल काठमाडौँमा संघर्षत हुँदै गर्दा नेपालबाट इजरायल जाने पढ्दै कमाउने कार्यक्रम भर्खर भर्खर सुरू भएको थियो । कृषि क्षेत्रमा अध्ययन र काम गर्ने अवसर दिने उक्त कार्यक्रमले लुइँटेललाइ आकर्षित गर्यो । कृषिमा प्रविधि र नवप्रवर्तनमार्फत विश्वमै उदाहरण बनेको इजरायलको अनुभवले आफ्नो जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास उनमा जाग्यो । विसं. २०६२ सालमा इजरायल प्रस्थान गरे । लुइँटेलको भर्खर २१–२२ वर्षको उमेरमा सुरु भएको त्यो यात्रा केवल विदेश जाने यात्रा मात्र थिएन, भविष्यमा नेपालको कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्ने सपना बोकेको यात्रा थियो ।
इजरायलले सिकाएको उद्यमशीलताको पाठ
नेपालबाट पढ्दै कमाउँदै कार्यक्रममा विसं. २०६२ मा करिब ४०–४५ जना विद्यार्थी दुई चरणमा इजरायल पुगेका थिए । उनीहरूमध्ये अधिकांशको उमेर १९ देखि २३ वर्षको बिचमा थियो । इजरायल पुग्नु अघि लुइँटेल र उनका साथीहरूको कल्पनामा विदेश अध्ययन भनेको सामान्य कलेज जीवनजस्तै थियो ।
होस्टेल बसाइ, कक्षा कोठा र अध्ययनको वातावरण तर वास्तविकता भने उनीहरूले सोचेभन्दा निकै फरक थियो । हप्तामा सीमित समय मात्र कक्षामा अध्ययन हुने र बाँकी समय खेतबारीमा काम गर्नुपर्ने व्यवस्था थियो । लुइटेलका अनुसार उनीहरूको कार्यतालिका निकै कडा थियो । बिहानदेखि बेलुकासम्म फार्ममा काम गर्नुपर्ने र कहिलेकाहीँ हप्तामा एक वा दुई दिन मात्रै कलेज जाने कार्यतालिका हुन्थ्यो ।
नेपालबाट पढ्दै कमाउँदै कार्यक्रममा विसं. २०६२ मा करिब ४०–४५ जना विद्यार्थी दुई चरणमा इजरायल पुगेका थिए । उनीहरूमध्ये अधिकांशको उमेर १९ देखि २३ वर्षको बिचमा थियो । इजरायल पुग्नु अघि लुइँटेल र उनका साथीहरूको कल्पनामा विदेश अध्ययन भनेको सामान्य कलेज जीवनजस्तै थियो । तर, होस्टेल बसाइ, कक्षा कोठा र अध्ययनको वातावरण तर वास्तविकता भने उनीहरूले सोचेभन्दा निकै फरक थियो ।
फार्ममा काम गर्ने अनुभव पनि युवाहरुका लागि पूर्णतः नयाँ थियो । उनीहरू किसानकै फार्ममा बस्नुपर्थ्यो र विभिन्न देशका कामदारहरूसँगै काम गर्नुपर्ने अवस्था थियो । लुइँटेल विगत सम्झिँदै भन्छन्, “सुरुका दिनमा खानपिन, बसोबास र काम गर्ने वातावरण सबै नयाँ र चुनौतीपूर्ण थियो । काम गर्ने भिसामा जानेहरू मानसिक रूपमा तयार भएर जान्छन् तर विद्यार्थी भिसामा पुगेका युवाहरूका लागि त्यो अनुभव फरक थियो ।” उनले र उनका साथीहरूले त्यो अवस्थालाई समस्या होइन अवसरको रूपमा लिए ।
“प्रायः बिहानको खाजा खाने बेला खुट्टाको मोजा निचोर्दा पानी चुहिने जस्तै पसिना आउँथ्यो,” लुइँटेल सम्झन्छन्, “तर त्यो कठिनाइलाई हामीले बोझ नभई सिकाइको प्रक्रिया मानेका थियौँ ।” इजरायलमा सिकेको श्रम र अभ्यासले लुइटेललाई वास्तविक कृषि ज्ञान दियो । इजरायल बसाइको सबैभन्दा ठुलो उपलब्धि भनेको व्यवहारिक ज्ञान र जीवनबारेको गहिरो बुझाइ थियो । इजरायलको अनुभवले उनलाई कृषि प्रविधि मात्र होइन जीवनका मूल्य पनि सिकायो ।
इजरायलीहरू अत्यन्त मेहेनती, अनुशासित र नियमप्रति कडा हुने स्वभावका रहेको, कानुनको सम्मान, समयको मूल्य र निरन्तर मेहनतबिना सफलता सम्भव छैन भन्ने उनीहरुको सोचले लुइँटेलको विचारमा थप निखारता ल्यायो । “संघर्ष के हो भन्ने कुरा त्यहाँ गएर राम्रोसँग बुझियो,” उनी भन्छन्, “त्यसले हामीलाई नआतिने र नमात्तिने स्वभाव सिकायो ।”

इजरायलीहरू अत्यन्त मेहेनती, अनुशासित र नियमप्रति कडा हुने स्वभावका रहेको, कानुनको सम्मान, समयको मूल्य र निरन्तर मेहनतबिना सफलता सम्भव छैन भन्ने उनीहरुको सोचले लुइँटेलको विचारमा थप निखारता ल्यायो । ” उनी भन्छन्, “संघर्ष के हो भन्ने कुरा त्यहाँ गएर राम्रोसँग बुझियो, त्यसले हामीलाई नआतिने र नमात्तिने स्वभाव सिकायो ।”
लुइँटेल करिब सात वर्षसम्म इजरायलमा बसे । सुरुका साढे दुई वर्ष उनले अध्ययनसँगै फार्ममा काम गरे । अध्ययन सकिएपछि नेपाल फर्कने वा अन्य देश जाने विकल्प खुला थियो । उनका केही साथीहरू युरोप र अस्ट्रेलियातर्फ लागे भने केही नेपाल फर्किए । तर उनले इजरायलमै बसेर थप अनुभव बटुल्ने निर्णय गरे । त्यसपछि करिब साढे चार वर्ष उनले निरन्तर कृषि क्षेत्रमा काम गरेर नेपाल फकिए ।
उनका अनुसार इजरायलबाट फर्किएका धेरै नेपाली युवाहरूमा पनि त्यही परिवर्तन देखिन्छ, आत्मविश्वास, अनुशासन र मेहनतप्रतिको विश्वास । “मान्छे आफै मेहनत नगरेसम्म न त राम्रो कर्मचारी बन्न सक्छ, न उद्यमी,” उनी भन्छन्, “अगाडि बढ्न आफै मैदानमा उत्रिनुपर्छ भन्ने कुरा त्यहीँ सिकियो ।”
इजरायलमा काम गर्दै गर्दा कहिलेकाहीँ ग्रीनहाउसभित्र ४०–४२ डिग्री तापक्रममा पसिनाले लतरबतर भएर काम गर्दा उनलाई गाउँको चौतारीको शीतलता सम्झना आउँथ्यो । त्यतिबेला उनलाई एउटा कुरा स्पष्ट हुन्थ्यो यदि इजरायलमा सम्भव छ भने नेपालमा पनि सम्भव छ । त्यसैले उनले इजरायल काम सकेर युरोप जाने अवसर हुँदाहुँदै पनि उनले त्यो बाटो रोजेनन् ।
इजरायलमा काम गर्दै गर्दा कहिलेकाहीँ ग्रीनहाउसभित्र ४०–४२ डिग्री तापक्रममा पसिनाले लतरबतर भएर काम गर्दा उनलाई गाउँको चौतारीको शीतलता सम्झना आउँथ्यो । त्यतिबेला उनलाई एउटा कुरा स्पष्ट हुन्थ्यो यदि इजरायलमा सम्भव छ भने नेपालमा पनि सम्भव छ । त्यसैले उनले इजरायल काम सकेर युरोप जाने अवसर हुँदाहुँदै पनि उनले त्यो बाटो रोजेनन् ।
“यदि विदेशमै नयाँ ठाउँमा जाँदा फेरि शून्यबाट सुरु गर्नुपर्छ भने, किन न त्यो संघर्ष आफ्नै देशमा गरौँ भन्ने लाग्यो,” उनी भन्छन् । सानै उमेरमा उनीमा पलाएको उद्यमशीलताको हुटहुटी पुरा गर्न बाटो खुल्यो । अब उनीसँग लगानी, टिम बनाउने र योजनासाथ प्रयाप्त मेहनत गर्न सक्ने लगनशीलता थियो । यही कमाइ उनको कृषि उद्यमशीलताको यात्राको आधार बन्न गयो ।
टिम ‘जी–सेभेन’ ले चिनिएको उद्यम
सन् २०११ मा लुइँटेल नेपाल फर्किए । फर्किएलगत्तै उनको जीवनमा अर्को महत्वपूर्णमोड आयो । उनले चन्दु तिवारीसँग मागी विवाह गरे । व्यक्तिगत जीवनको नयाँ अध्यायसँगै उनले आफ्नो व्यावसायिक यात्राको तयारी पनि सुरू गरिसकेका थिए । नेपाल फर्किएपछि उनले तुरुन्तै कृषि क्षेत्रमा काम भने गरेनन् । उनका केही साथीहरू उनीभन्दा ५–६ महिना अगाडि नै नेपाल फर्किसकेका थिए भने केही अझै इजरायलमै थिए । सबै साथीहरू एकसाथ भएर कृषि क्षेत्रमा काम सुरु गर्ने योजनासहित उनी नेपालमै तयारी गर्दै बसे ।
लुइँटेल नेपाल फर्किएको दुई–तीन महिनामै उनका केही निकट साथीहरू पनि स्वदेश फर्किए । त्यसपछि उनीहरूले पहिलेदेखि बनाएको योजनालाई व्यवहारमा उतार्ने निर्णय गरे । लुइँटेलले साथीहरुसँग मिलेर काठमाडौँको सुन्दरीजलमा करिब ३० रोपनी जमिन लिएर व्यावसायिक कृषि फार्म जी–सेभेन एग्रिकल्चरको नाममा ।
लुइँटेल नेपाल फर्किएको दुई–तीन महिनामै उनका केही निकट साथीहरू पनि स्वदेश फर्किए । त्यसपछि उनीहरूले पहिलेदेखि बनाएको योजनालाई व्यवहारमा उतार्ने निर्णय गरे । लुइँटेलले साथीहरुसँग मिलेर काठमाडौँको सुन्दरीजलमा करिब ३० रोपनी जमिन लिएर व्यावसायिक कृषि फार्म जी–सेभेन एग्रिकल्चरको नाममा ।
उनले भने, “फार्म सञ्चालन गर्दा हामीहरूले इजरायलमा प्रयोग गरेका प्रविधि र व्यवस्थापन प्रणालीलाई नै आधार बनायौँ । ग्रीनहाउस प्रविधि, आधुनिक सिंचाइ प्रणाली र योजनाबद्ध उत्पादन प्रक्रियालाई अपनाउँदैे इजरायलको शैलीमै उत्पादन सुरू गरेका थियौँ ।”
लुइँटेलका अनुसार फार्म केवल उत्पादन केन्द्र मात्र नभइ धेरै किसानका लागि सिकाइको थलो पनि बनेको थियो । त्यस समयमा नेपालमा परम्परागत खेती प्रणालीबाट व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै थियो । व्यावसायिक खेती गर्न चाहने धेरै किसानहरू सुन्दरीजल पुगेर फार्मको अवलोकन गर्ने, प्रविधि बुझ्ने र अनुभव साट्ने गरेको लुइँटेलले सम्झिए । लुइँटेलका अनुसार त्यो फार्म कृषि उद्यममा लाग्ने र बुझ्न खोज्नेका लागि एक प्रकारको ‘स्कुलिङ फेज’ जस्तै बनेको थियो ।
२०६९ सालमा कम्पनी दर्ता गरेर औपचारिक रूपमा काम सुरु गरिएको थियो । सुरुवाती चरणमा करिब ७० लाख रुपैयाँ लगानी गरिएको थियो । सुरुमा पाँच जना साथीहरू मिलेर काम गरेका थिए भने केही साथीहरू बाहिर लगानीकर्ताका रूपमा पनि जोडिएका थिए । सुरुका दिनहरू निकै मेहनतपूर्ण थिए । लुइँटेल र उनका साथीहरूले वर्षका अधिकांश दिन फार्ममै बिताउँथे ।

२०६९ सालमा कम्पनी दर्ता गरेर औपचारिक रूपमा काम सुरु गरिएको थियो । सुरुवाती चरणमा करिब ७० लाख रुपैयाँ लगानी गरिएको थियो । सुरुमा पाँच जना साथीहरू मिलेर काम गरेका थिए भने केही साथीहरू बाहिर लगानीकर्ताका रूपमा पनि जोडिएका थिए । सुरुका दिनहरू निकै मेहनतपूर्ण थिए । लुइँटेल र उनका साथीहरूले वर्षका अधिकांश दिन फार्ममै बिताउँथे ।
उत्पादनको सम्पूर्ण प्रक्रिया व्यवस्थित बनाउन उनीहरूले सबै कामको विवरण रेकर्ड राख्ने प्रणाली अपनाएका थिए । फार्ममा काम गर्ने श्रमिकहरूलाई पनि व्यवस्थित वातावरण दिइएको थियो । जसका कारण उनीहरूले खेतमा होइन, कार्यालयमा काम गरिरहेको जस्तो अनुभव गर्ने गरेको लुइटेलले बताए ।
फार्म चार जना श्रमिकले व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रणाली बनाइएको थियो । रोपाइँ गर्ने समय, छाँट्ने समय, उत्पादन टिप्ने समय सबै काम निश्चित तालिकाअनुसार सञ्चालन हुन्थ्यो । इजरायलबाट सिकेको यो व्यवस्थापन शैली नेपालका धेरै किसानका लागि नयाँ अनुभव थियो । सुरुका केही वर्ष उत्पादन र प्रयोगको चरणमा केन्द्रित भए । तेस्रो वर्षपछि भने उनीहरूले प्रयोग गरेका प्रविधिहरूको माग बढ्न थाल्यो ।
विभिन्न स्थानका किसानहरू फार्ममा आएर आधुनिक प्रविधिबारे जानकारी लिन थाले । त्यसपछि लुइँटेलर उनका साथीहरूले एउटा नयाँ आवश्यकता महसुस गरे । आफूहरूले प्रयोग गरेको प्रविधिलाई देशभर विस्तार गर्नुपर्ने । त्यसपछि क्रमशः उनीहरूले फार्म सञ्चालनभन्दा पनि कृषि प्रविधि विस्तारमा ध्यान दिन थाले । चौथो वर्षतिर आइपुग्दा फार्म सञ्चालन अरूलाई जिम्मा दिँदै उनीहरू पूर्ण रूपमा कृषि प्रविधि विस्तारमा केन्द्रित भए ।
विभिन्न स्थानका किसानहरू फार्ममा आएर आधुनिक प्रविधिबारे जानकारी लिन थाले । त्यसपछि लुइँटेलर उनका साथीहरूले एउटा नयाँ आवश्यकता महसुस गरे । आफूहरूले प्रयोग गरेको प्रविधिलाई देशभर विस्तार गर्नुपर्ने । त्यसपछि क्रमशः उनीहरूले फार्म सञ्चालनभन्दा पनि कृषि प्रविधि विस्तारमा ध्यान दिन थाले । चौथो वर्षतिर आइपुग्दा फार्म सञ्चालन अरूलाई जिम्मा दिँदै उनीहरू पूर्ण रूपमा कृषि प्रविधि विस्तारमा केन्द्रित भए ।
समयसँगै टोलीमा केही परिवर्तन पनि आए । सुरुका केही साथीहरू अलग भए पनि इजरायलबाट फर्किएका दुई जना साथीहरू भने आजसम्म लुइटेलसँगै छन् । २०७२/७३ सालसम्म लुइँटेल आफैंले सीमित फार्महरूमा काम गर्दै आएका थिए । त्यसपछि भने उनको भूमिका परिवर्तन भयो । अब उनी एक फार्म मात्र सञ्चालन गर्ने कृषक होइन, सयौँ किसानलाई आधुनिक प्रविधि प्रयोग गर्न सिकाउने मार्गदर्शक बने ।
विस्तारै त्यो सङ्ख्या सयौँबाट हजारौँ फार्मसम्म पुग्यो । आज उनीहरूले सुरु गरेको प्रविधि विस्तार कार्यक्रम नेपालका ६५ भन्दा बढी जिल्लासम्म फैलिएको छ । थोपा सिंचाइ, स्प्रिंकलर प्रणाली, विभिन्न आधुनिक सिंचाइ प्रविधि, ग्रीनहाउस लगायत कृषि उत्पादनसँग सम्बन्धित आधुनिक प्रविधिहरू किसानसम्म पुर्याउने काम मुख्य गतिविधि बनेको लुइटेलले बताए ।
सुरुका दिनमा आधुनिक सिंचाइ प्रविधिबारे धेरैले प्रश्न उठाउँथे । “नेपाल पानी प्रशस्त भएको देश हो, यहाँ थोपा सिंचाइ किन चाहियो?” भन्ने प्रश्न धेरैले गर्ने गर्थे । तर उनले र उनका साथीहरूले किसानलाई विस्तारै बुझाउँदै गए सिंचाइ प्रविधि केवल पानी दिने माध्यम मात्र नभइ उत्पादन व्यवस्थापन, पोषक तत्व आपूर्ति र उत्पादन वृद्धि गर्ने महत्वपूर्ण उपकरण पनि हो ।
सुरुका दिनमा आधुनिक सिंचाइ प्रविधिबारे धेरैले प्रश्न उठाउँथे । “नेपाल पानी प्रशस्त भएको देश हो, यहाँ थोपा सिंचाइ किन चाहियो?” भन्ने प्रश्न धेरैले गर्ने गर्थे । तर उनले र उनका साथीहरूले किसानलाई विस्तारै बुझाउँदै गए सिंचाइ प्रविधि केवल पानी दिने माध्यम मात्र नभइ उत्पादन व्यवस्थापन, पोषक तत्व आपूर्ति र उत्पादन वृद्धि गर्ने महत्वपूर्ण उपकरण पनि हो ।
लुइँटेलका अनुसार प्रविधि बुझाउनेभन्दा प्रयोग गरेर देखाउनु सबैभन्दा प्रभावकारी उपाय हो । उनले भने, “किसानले प्रत्यक्ष अनुभव नगरेसम्म प्रविधिको महत्व बुझ्न कठिन हुन्छ । त्यसैले प्र्रविधिलाई किसानसम्म सहज रूपमा पुर्याउने र प्रयोग गराउन सक्ने प्रणाली निर्माणमा ध्यान दिनुपर्छ ।”
यस क्रममा उनीहरू निरन्तर रूपमा विभिन्न देशका कृषि प्रदर्शनी, कम्पनी र अनुसन्धान संस्थासँग सम्पर्कमा रहन्छन् । “आज जी–सेभेन एग्रिकल्चर ग्रुप अफ कम्पनी एउटा विस्तारित परिवार जस्तै बनेको छ,” उनले भने । हाल कम्पनीमा लुइटेल म्यानेजिङ डाइरेक्टरका रूपमा कार्यरत छन् भने उनका भाइ हरि प्रसाद लुइँटेल डाइरेक्टरका रूपमा रहेका छन् । यसबाहेक इजरायलबाट फर्किएका उनका दुई साथी धर्मसिंह प्वाली र छविलाल केसी पनि कम्पनीका मुख्य सेयरधारक हुन् ।
कम्पनीमा करिब ६० जना दक्ष तथा अर्धदक्ष प्राविधिक, इन्जिनियर, व्यवस्थापनकर्मी तथा विभिन्न क्षेत्रका विज्ञहरू कार्यरत छन् । देशभर फैलिएका डिलर र सेवा साझेदारहरू समेत कम्पनीसँग आबद्ध रहेका छन् । सफल युवा उद्यमी हुँदै गर्दा लुईटेलले सिकेको थप व्यवहारिक ज्ञान के हो त? उनले उद्यमशीलतामा सफलता पाउन समय र धैर्य आवश्यक रहेको सुनाए ।

“अक्सर पहिलो वर्षमा तपाईंले गरेको लगानीबाट प्रत्यक्ष नाफा आउँदैन । दोस्रो वर्षमा पनि मेहनत र लगनशीलतापछि पनि प्रतिफल सीमित हुन सक्छ तर तेस्रो वर्षसम्म निरन्तर काम र लगानी जारी राख्दा तपाईंले सुरुमा गरेको लगानीको वास्तविक प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ । त्यसैले उद्यमशीलतामामा सफलता धैर्य, निरन्तरता र लगन नै दीर्घकालीन सफलता र प्रतिफलको आधार हुन् ।”
उनी भन्छन्, “अक्सर पहिलो वर्षमा तपाईंले गरेको लगानीबाट प्रत्यक्ष नाफा आउँदैन । दोस्रो वर्षमा पनि मेहनत र लगनशीलतापछि पनि प्रतिफल सीमित हुन सक्छ तर तेस्रो वर्षसम्म निरन्तर काम र लगानी जारी राख्दा तपाईंले सुरुमा गरेको लगानीको वास्तविक प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ । त्यसैले उद्यमशीलतामामा सफलता धैर्य, निरन्तरता र लगन नै दीर्घकालीन सफलता र प्रतिफलको आधार हुन् ।” यही सूत्रलाई पालना गरेकै कारण आजको दिनमा लुइँटेल कृषि यान्त्रीकरणको हिरोका रुपमा चिनिएका लुइँटेल छन् भने जी सेभेन कृषि उद्यमशीलतामा लाग्नका लागि प्रेरणाको केन्द्र बनेको छ ।
सम्मान र उपलब्धिले पुष्टि गरेको उद्यमशील यात्राको मूल्य
कृषि उद्यधमी लुइँटेलले निरन्तर सङ्घर्ष, प्रयोग र अनुसन्धानमा आधारित काममार्फत कृषि क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउन सफल भएका छन् । उनले कृषि प्रविधि विस्तार, किसानसँगको सहकार्य र नवप्रवर्तनात्मक सोचका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् जसले उनको उद्यमशील यात्रालाई थप सशक्त बनाएको छ ।
विसं. २०७१ माघ १० मा काठमाडौँमा आयोजित कार्यक्रममा सन्तोष साह फाउण्डेसनद्वारा लुइँटेललाई ‘राष्ट्रका ५ कर्णधार २०१५’ कार्यक्रममा छनोट गरिएको थियो । उक्त कार्यक्रममा २० देखि ३० वर्ष उमेर समूहका युवाले आफ्नो गाउँ, समाज र राष्ट्रको विकासका लागि तयार पारेका व्यवहारिक कार्ययोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसामु प्रस्तुत गर्ने अवसर पाउँछन् ।
विसं. २०७१ माघ १० मा काठमाडौँमा आयोजित कार्यक्रममा सन्तोष साह फाउण्डेसनद्वारा लुइँटेललाई ‘राष्ट्रका ५ कर्णधार २०१५’ कार्यक्रममा छनोट गरिएको थियो । उक्त कार्यक्रममा २० देखि ३० वर्ष उमेर समूहका युवाले आफ्नो गाउँ, समाज र राष्ट्रको विकासका लागि तयार पारेका व्यवहारिक कार्ययोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसामु प्रस्तुत गर्ने अवसर पाउँछन् ।
त्यसैगरी सन् २०१६ फेब्रुअरीमा उनलाई ‘प्याटर्न ब्रेकर अफ दि मन्थ’ सम्मान प्रदान गरिएको थियो । साउथ एसिया कम्युनिकेसन्सले डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गतको सांस्कृतिक तथा विकास केन्द्र (सीकेयू) सँगको सहकार्यमा निर्माण गरेको ‘प्याटर्न ब्रेकर्स’ टेलिभिजन कार्यक्रममार्फत उनलाई यो सम्मान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नयाँ सोचका साथ काम गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा उद्यमी तथा प्रेरणादायी व्यक्तित्वहरूलाई प्रस्तुत गरिन्छ ।
लुइँटेललाई पानी सङ्कटसम्बन्धी समाधान खोज्ने पहलसँग जोडिएको कार्यका लागि यो सम्मान प्रदान गरिएको थियो । त्यसपछि सन् २०१८ मा उनले अमेरिकाको सान डिएगो विश्वविद्यालय अन्तर्गतको क्रोक स्कुल इन्स्टिच्युट फर पिस एन्ड जस्टिस तथा नेपालस्थित लिडरसिप एकेडेमीको सहकार्यमा सञ्चालन गरिएको ‘नेपाली इमर्जिङ लिडर्स प्रोग्राम’ सफलतापूर्वक पूरा गरेका थिए । नेतृत्व विकासमा केन्द्रित यो एकवर्षे कार्यक्रममा नेपालका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका युवाहरू सहभागी थिए, जसमा उद्यमशील क्षेत्रबाट लुइँटेल पनि एक प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।
कृषि क्षेत्रको आधुनिकीकरणमा पुर्याएको योगदानको कदर गर्दै विसं. २०७५ जेठ ७ मा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको तरकारी विकास निर्देशनालय, खुमलटारले जी सेभेन एग्रिकल्चर प्रालिलाई प्रशंसा–पत्र प्रदान गरेको थियो । परम्परागत तरकारी खेतीलाई आधुनिक र प्रविधिमैत्री बनाउन उन्नत प्रविधिको विकास, विस्तार र प्रसारमा उल्लेखनीय भूमिका खेलेको भन्दै उक्त सम्मान प्रदान गरिएको थियो ।
कृषि क्षेत्रको आधुनिकीकरणमा पुर्याएको योगदानको कदर गर्दै विसं. २०७५ जेठ ७ मा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको तरकारी विकास निर्देशनालय, खुमलटारले जी सेभेन एग्रिकल्चर प्रालिलाई प्रशंसा–पत्र प्रदान गरेको थियो । परम्परागत तरकारी खेतीलाई आधुनिक र प्रविधिमैत्री बनाउन उन्नत प्रविधिको विकास, विस्तार र प्रसारमा उल्लेखनीय भूमिका खेलेको भन्दै उक्त सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी विसं. २०८० मा फोकस नेपाल संस्थाले उनलाई ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान’ प्रदान गरेको थियो । आधुनिक कृषि प्रविधि, थोपा सिँचाइ, टनेल तथा ग्रीनहाउसजस्ता प्रविधि नेपालमा भित्राएर कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ अग्रसर बनाउन खेलेको भूमिकाको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको थियो ।
उनका अनुसार सफलता कुनै निश्चित बिन्दुमा पुगेर मात्र मापन हुने कुरा होइन बरु कामबाट प्राप्त हुने सन्तुष्टिले नै सफलता निर्धारण गर्छ । सुरुवाती दिनहरू सम्झिँदै उनी भन्छन्, “हामीले काम सुरु गर्दा जुन अवस्थामा थियौँ त्यही अवस्थामा पनि सन्तुष्टि मिल्थ्यो । यदि डराएर वा आत्तिएर बिचमै छाडेको भए आजको अवस्थासम्म पुग्न सम्भव हुने थिएन ।”
(टक्सार म्यागजिन, वर्ष ५, अङ्क –१२ पूर्णाङ्क –६०, चैत, २०८२ मा प्रकाशित रिपोर्ट)


प्रतिक्रिया दिनुहोस्