सुन-चाँदीको मूल्य बढ्यो


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम थियो।

बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको महासंघले जनाएको छ।