३३ अंकले बढ्यो नेप्से परिसूचक, करिब साढे ७ अर्ब रूपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ अंकमा पुगेको छ ।

आज नेप्सेका कारोबार भएका कुल १३ ओटा उपसमहुमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा लिबर्टी इनर्जी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ५० लाख ७८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।

यस्तै, १० प्रतिशत प्राइम डिबेञ्चर २०८८ लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य २.९६ प्रतिशतले घटेको छ ।

कुल ३४८ कम्पनीको एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।