काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य २ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७२ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ७४ हजार ३०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ७० रूपैयाँले बढेर ३ हजार ७२० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्