काठमाडाैँ । उत्कृष्ट बलिङले निरन्तरता दिँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरमा भएको आफ्नो चौथो खेलमा पनि उत्कष्ट बलिङ साथ पाउँदा लुम्बिनीले जनकपुर बोल्ट्समाथि १६ रनको जित रचेको हो । चौथो खेलसम्म अपराजित लुम्बिनीले प्लेअफको सम्भावना पनि बलियो बनाएको छ ।
चार खेलबाट लुम्बिनी सात अंक जोड्दै शिर्ष स्थानमा छ । यस सिजनमा लुम्बिनी अपराजित एक मात्र टोली पनि हो । कप्तान रोहितले ब्याटिङसँगै किफायती बलिङ पनि गरे । जनकपुरले इङ्लिस ब्याटर तथा ओपनर मोइन अलीको अभाव महसुस ग¥यो ।
शुरुमै विकेट गुमाउँदा समालिन सकेन । बलरले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी भने बलियो स्थितिमा पुगेको छ । त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनीले १५० रनको लक्ष्य दियो । तर, जनकपुरले पूरै ओभरमा जनकपुरले आठ विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सक्यो ।
मध्यक्रमका ब्याटर तथा कप्तान हरमीत सिंहले ३३ रन जोडे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । सइफ हसनले २८ रन, ओपनर तृतराज दासले १८ रन र तल्लो क्रमका ब्याटर आदित्य महताले ३० रन बनाए ।
कुनैपनि ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा जनकपुरले हार बेहो¥यो । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने चितवन राइनोजसँग वर्षाका कारण अंक बाँडेको थियो ।
तेस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध आठ विकेटको हराउँदै सबैभन्दा बलियो टोलीका रूपमा उभियो । तीनै खेलमा उत्कृष्ट बलिङ लुम्बिनी अपराजित छ ।
पहिले बलिङमा उत्कृष्ट प्रदर्शनसँगै लुम्बिनीले झिनो लक्ष्य पछ्याउँदै आएको थियो । तर चौथो खेलमा पहिले ब्याटिङ ग¥यो र लुम्बिनीको ब्याटिङ परीक्षण भयो ।
यस सिजन पहिलोपल्ट ब्याटिङमा परीक्षण हुँदा उसले सन्तोषजनक प्रदर्शन ग¥यो । तर बलिङको उत्कृष्ट प्रदर्शन निरन्तरता पाउँदा लुम्बिनीले विजयीयात्रा कायमै राख्यो । जनकपुरको भने यो पाँचौं खेलमा तेस्रो हार हो ।
जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले हराएको थियो ।
चौथो खेलमा विराटनगर किङ्ससँग २ रनले पराजित जनकपुरले पाँचौं खेलमा पनि हार टार्न सकेन । मध्यम लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलदेखि नै दबाबमा रहेर ब्याटिङ ग¥यो । दोस्रो ओभरको पहिलो बलमै पहिलो विकेट गुमाउन पुग्यो ।
रुबेन ट्रम्पलमेनले विकेटकिपर पर्भेज हुसेनलाई १ रनमै एलबिडब्लु शिकार बनाए । जनकपुरका तृतराज र सइफले दोस्रो विकेटका लागि ३६ रन र आठौं विकेटका लागि कप्तान हरमीत र आदित्यबीच ४३ रनको साझेदारी बनाए ।
आठौं विकेटको साझेदारीले जनकपुरको जित आशा देखिएको थियो । १८औं ओभरमा हरमीत आउट भएसँगै जनकपुर हारको संघारमा पुग्यो । लुम्बिनीको बलिङमा डार्सी सटले तीन शेर मल्ल र तिलक भण्डारी समान दुई विकेट लिए । ट्रम्पलमेनको नाममा समान एक विकेट रह्यो ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेटको क्षतिमा १४९ रनको योगफल बनायो । कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत न रह्यो । उनले ३० बलमा तीन चौका र एक छक्का हिर्काए ।
इनिङको पहिलो बलमै विकेत पतनपछि लुम्बिनीको सुरुआत राम्रो हुन सकेन । ओपनर डार्सी सर्ट गोल्डेन डक भए । स्पिनर ललित राजवंशीले अस्ट्रेलियन अलराउन्डर डार्सीलाई बोल्ड गर्दै उत्कृष्ट सुरुआत दिलाए ।
तर, दोस्रो विकेटका लागि ओपनर आसिफ शेख र विकेटकिपर निरोसन डिकवेलाले ४२ रनको साझेदारी गर्दै इनिङ समाले । पावरप्लेमा लुम्बिनीले ३९ रन मात्र जोड्यो । सातौं ओभरमा ओपनर आसिफ पनि २१ रनमै पभेलियन फर्किए । उनी जनकपुरका कप्तान हरमीतको बलमा एलबिडब्लु धरापमा परे ।
यो विकेटपछि लुम्बिनीले समालिएर ब्याटिङ ग¥यो । नवौं ओभरमा निरोसान पनि आउट भए । डिकवेल्लाले २७ बलमा २७ रन बनाए । विशाल सुस्लिङले उनलाई पभेलियन फर्काएका हुन् । डिकवेलाको इनिङमा दुई चौका र एक छक्का रह्यो ।
त्यसपछि दीलिप नाथ १६ बलमा २५ रन जोड्दा क्याच भए । उनले समान समान दुई चौका र छक्का हिर्काए । १३.२ ओभरमा ८७÷४ को अवस्थामा थियो । तर पाँचौं विकेटका लागि कप्तान रोहितले समिम हुसेनसँग ३० रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए ।
समिम १३ रनमा आउट भए । राहुल यादवको बलमा उनी अभिषेक तिवारीको हातमा क्याच हुन पुगे । त्यसपछि सन्दीप जोराले ९ रन बनाए । तर अन्तिम ओभरमा ट्रम्पलमेनले १४ रन जोड्दै इनिङ १५० रनको आँकडानजिक पु¥याए ।
ट्रम्पलमेन १५ रनमा रनआउट भए । उनले आठ बलमा तीन छक्का हिर्काए । जनकपुर बोल्ट्सको बलिङमा विशाल सुस्लिङ र राहुल यादवले समान दुई विकेट लिए । हरमीत, ललित राजवंशी र अभिषेकले समान एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्