सुनचाँदीको भाउ घट्याे


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।

हिजो प्रतितोला १३ हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा पाँच हजार नौ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।

सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला तीन हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ घटेको हो ।