नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड रुस प्रस्थान


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक प्रचण्ड रुस प्रस्थान गरेका छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन संयोजक प्रचण्ड आज बिहान रुसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनमा ६० भन्दा धेरै देशका प्रतिनिधिको सहभागिता रहने प्रचण्डको सचिवालयले जनाएको छ ।