काठमाडौं । सरकारले आव २०८१ ८२ मा सबैभन्दा धेरै कर तिर्ने १९ व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा क्षेत्रगत रूपमा अगाडि रहेका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको हो । सर्वाधिक कर तिर्ने व्यक्ति तथा कम्पनीलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मान गरेका हुन्।
निकायहरूमध्ये सबैभन्दा बढी सूर्य नेपालले कर तिरेको छ भने एकलौटी फर्महरूमध्ये थर्ड आइ इन्टरनेसनल रहेको छ ।
यस्तै, वस्तु निर्यात गर्नेमध्ये डाबर नेपाल, आईटी निर्यात गर्नेमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल, कृषि तथा पशुपन्छीजन्य उद्योगमध्ये ओसीबी फुड्स एन्ड फिड, बैंकिङ कारोबार गर्नेमध्ये नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानीत भएको हो ।
पर्यटन व्यवसाय गर्नेमध्ये सोल्टी होटल, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स, वार्षिक ५० करोड देखि १०० करोडको कारोबार गर्नेमध्ये फुड एन्ट टेक्नोलोजी रिसर्च सेन्टर प्रा.लि, ऊर्जामुलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, व्यक्तिगत रूपमा सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह, रेमिट्यान्स कारोबार गर्नेमध्ये आईएमई लिमिटेड रहेका छन् ।
२०७७ देखि २०८३ सम्म मूअ विवरण र कर समयमै बुझाएका मध्ये हिमालयन डिस्टिलरी, विशेष उद्योगमध्ये बरूण बेभेरेज नेपाल र जीवन बिमा क्षेत्रमा कारोबारमध्ये जीवन बीमा क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. रहेका छन् ।
वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोवार गर्ने करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने इम्पेरियल सेक्यूरिटिज कम्पनी लिमिटेड, निर्जीवन बीमा क्षेत्रमा कारोवार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने सिध्दार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्