काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबिच विप्रेषण सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौता भएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुुरु भएको छ ।
यस सम्झौता सँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् ।
यसरी प्रेषित गरिएको रकम माछापुच्छ«्र्रे बैंककोे आफ्नै विप्रेषण सेवा एमबिएल रेमिटमार्फत नगद भुक्तानीका साथै माछापुच्छ«्र्रे बैंक लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सेवाग्राहीले सहज रुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सक्ने जनाइएको छ ।
यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्