काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ अंकमा पुगेको छ ।
आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार नेप्सेमा ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ९३ लाख ५२ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा मेन्चियम हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १०.५८ प्रतिशतले बढेको छ ।
यस्तै, भिजन लुम्बिनी उर्जा कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ ।
कुल ३६० कम्पनीको एक करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्