राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज


काठमाडाैँ । नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रा.लि. को इजाजतपत्र खारेज गरेको छ।

भीमदत्तनगर–४, महेन्द्रनगरमा रहेको उक्त मनिचेञ्जरले राष्ट्र बैंकबाट भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न इजाजतपत्र पाएको थियो। कम्पनीले कारोबार बन्द गरेपछि इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो।

निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार मिति २०८३ कात्तिक २० मा निर्णय गरी इजाजतपत्र खारेज गरेको हो।