२५ अर्ब रूपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ।

यसका लागि बैंकको वित्त व्यवस्थापन विभागले ब्याजदरसहितको प्रस्ताव आह्वान गर्दै सूचना जारी गरेको छ।

सूचनाअनुसार राष्ट्र बैंकले २५ अर्ब ७ करोड ४७ लाख रूपैयाँ लगानी गर्ने भएको हो । जसमध्ये वाणिज्य बैंकका लागि २० अर्ब ५ करोड ९८ लाख रूपैयाँ, राष्ट्रियस्तरका विकास बैंकका लागि ३ अर्ब ७६ करोड १२ लाख रूपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि एक अर्ब २५ करोड ३७ लाख रूपैयाँ छुट्याइएको छ।

लगानी गरिने रकम २०८३ मंसिर २१ गतेदेखि ३६६ दिनका लागि मुद्दती निक्षेपमा राखिने जनाइएको छ। इच्छुक संस्थाहरूले मंसिर ११ गतेसम्म राति १२ बजेभित्र प्रस्तावित ब्याजदरसहितको फारम पठाउन भनिएको छ ।