बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४१ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ४२ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रूपैयाँले बढेर ३ हजार ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।