समयअगावै कन्काई नदीमा पुल निर्माण सम्पन्न


काठमाडाैँ । झापाको शिवसताक्षी नगरपालिका र झापा गाँउपालिका जोड्ने  कन्काई पुल निर्धारित समय भन्दा अगाडी निर्माण सम्पन्न भएको छ । 

२०७९ पुस ११ गते सडक विभागसँग शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो । डिजाइन एण्ड विल्ड मोडलमा सम्झौता गरिएको ठेक्कामा निर्माण शुरु २०८० फागुन १० गतेदेखि थालिएको शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्माले जानकारी दिए ।

तीन महिनामा डिजाइनको काम सम्पन्न गर्नुपर्ने भएपनि सडक विभागले डिजाइन फाइनलमा ९ महिना भन्दा बढी समय लगाएको थियो । शिवगञ्ज पुरानो बजार–पूर्व पछुवाडा बजार–झापा जोड्ने काँकाई नदीमाथिको पुल निर्माण भएर २०८३ असार अन्तिमदेखि यातायात सुचारु भइसकेको छ ।

पुलमा रङ्घ रोगन र एप्रोच सडक निर्माणको काम भइरहेको छ । पुलको लागत एक अर्ब १२ करोड ५२ लाख ८२ हजार भ्याट र पिएससहित रहेको छ । भने पुलको कुल लम्बाई ७ सय १५ मिटर रहेको छ ।

थप भार आफूहरुलाई परे पनि अनुभव र शाहसका साथ काम सम्पन्न गरेको बताए। असार मसान्तबाटै सवारी साधन सञ्चालन भइसकेकाले हस्तान्तरण सरह भइसकेको उल्लेख गरे । 

उनले भने, “समयमा सकिएकोमै चौतर्फी जुन कुरा भएको भन्नेकुरा गर्नुभयो, त्यसले मलाई हौसला दिएको छ । हामीले ४२ महिनाको सम्झौता गरेका थियौँ । ६ महिना निर्माण व्यवसायीले डिजाइनमा खर्च गर्ने, दुई महिना सडक विभागले खर्च गर्ने, ३४ महिनामा पुल सक्ने भनिएको थियो । हामीले करिव ३० महिनामा पुल निर्माणको काम सकेका छाँै । जुन तरिकाले पुल समयमा सकियो, त्यसमा लामो अनुभवका कारण सफल भएका हौँ ।”

करिव ४ महिना अगावै पुल निर्माणको काम सम्पन्न गरेको उनको भनाइ छ । सबैतिरबाट सहयोग प्राप्त भए अढाइ वर्षभित्र सम्पन्न गर्न सकिने बताए । उनले कुनैपनि काम समयमै सक्नका लागि समयमै बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।