काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्न तोकिएका मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
बिहीबार काठमाडौंमा आयोजित दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले गुणस्तर सुधारका योजना बनाएर मात्र नहुने भन्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।
उनका अनुसार सेवा प्रदायकहरूले प्रत्येक आर्थिक वर्ष गुणस्तर सुधार योजना ९क्वालिटी इम्प्रुभमेन्ट प्लान० पेस गर्दै आए पनि टावर थप्ने र फ्रिक्वेन्सी विस्तार गर्ने प्रतिबद्धताअनुसार काम हुन सकेको छैन।
प्राधिकरणले सेवा प्रदायकहरूलाई सहरी, ग्रामीण, तराई तथा हिमाली क्षेत्र समेटेर कम्तीमा ८०० देखि ९०० किलोमिटर क्षेत्रमा ड्राइभ टेस्ट गरी प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
अर्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणमा डेटा सेवासम्बन्धी ३३९ र मोबाइल भ्वाइस सेवासम्बन्धी ९६ वटा गुनासा दर्ता भएका छन्। प्राप्त गुनासाहरू सम्बन्धित सेवा प्रदायककहाँ पठाएर समाधानका लागि निर्देशन दिने गरिएको उनले बताए।
उनले उपभोक्ताका गुनासा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट पनि आउने भएकाले सेवा प्रदायकहरूले तिनलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए।
प्राधिकरणले नयाँ प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासअनुसार दूरसञ्चार सेवाको गुणस्तर मापन गर्ने प्रमुख कार्यसम्पादन सूचक ९केपीआई० तथा मापदण्डलाई समेत समयानुकूल परिमार्जन गर्दै जाने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्