काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ अंकमा झरेको छ ।
आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार नेप्सेमा हिमालय ऊर्जा विकास कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ५१ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा युनिक नेपाल लघुवित्त वित्तीय संंस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.८८ प्रतिशतले बढेको छ ।
यस्तै, एलएस होराइजन १२ का लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.७८ प्रतिशतले घटेको छ ।
कुल ३५५ कम्पनीको एक करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्