शाओमी फ्यान फेस्टिभलको अवसरमा रेड्मी १२ सी सार्वजनिक


काठमाडौँ । शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी १२ सी मिडियाटेक हेलिया जी८५ प्रोसेसर भएको स्मार्टफोन हो । यसले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्ने उल्लेख गरेको छ ।

६ं५ जीबी सम्म विस्तारित र्याम र १ टिबि स्टोरेज एक्सटेन्सन रहेको छ । रेड्मी १२ सीमा ५००० एमएएच ब्याट्रीले कलिङ, गेमिङ र भिडियो प्लेब्याक सजिलैसँग पूरा दिन ब्याकअप दिने कम्पनीले उल्लेख गरेको छ ।

६.७१“ को एचडीप्लस डिस्प्ले र २०.६ः९ एस्पेक्ट रेसियो रहेको स्क्रिनले उत्कृष्ट अनुभवलाई सम्भव बनाउने जनाएको छ । यस फोनमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको रहेको छ ।

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म ५०० रुपैयाँसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा रेड्मी १२ सी ३जीबी+३२ जीबी, ४जीबी+६४जीबी, ६जीबी+१२८जीबी गरि तीन स्टोरेज भेरियन्ट र तीन रंग( ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध रहेको उल्लेख छ ।

यो फोनको मूल्य क्रमशः रु. १३,४९९ , रु. १४,४९९ र रु. १६,९९९ रहेको कम्पनीले जनाएको छ ।