युट्युबले कोभिड खोपका बारेमा गलत सुचना दिने सबै सामग्री ब्लक गर्ने


काठमाडौं । युट्युबले कोभिड १९ खोपका बारेमा गलत सुचना दिने सबै सामग्री ब्लक गर्ने भएको छ । यसमा भ्याक्सिनले स्वास्थ्यमा गम्भीर असर पार्ने वा खोपमा रहेका पदार्थहरुको बारेमा गलत सूचना दिनेसामग्रीहरु समेत समावेश हुने उल्लेख गरेको छ ।

अल्फाबेट इंकको स्वामित्वमा रहेको अनलाइन भिडियो कम्पनीले प्रमुख खोप विरोधी कार्यकर्ताहरुलाई समेत प्रतिबन्ध लगाईरहेको छ ।

यसमा धेरै च्यानलहरु बन्द गरिरहेको जनाइएको छ । यसरी प्रतिबन्धित हुनेमा लामो समय देखि खोप विरोधी आन्दोलनमा रहेका उच्च प्रोफाईल व्यक्तित्वहरु, रोबर्ट एफ केनेडी जूनियर र जोसेफ मर्कोला रहेका छन् ।

मंगलबार, रूसी राज्य समर्थित प्रसारक आरटीको जर्मन भाषा च्यानलहरु युट्युबबाट हटाइएको थियो । ती च्यानलहरुले कोभिड १९ को गलत सूचना नीति भंग गरेको कम्पनीले जनाएको छ ।

रुसले यो कदमलाई “अभूतपूर्व सूचना आक्रामकता” भन्दै युट्युब बन्द गर्ने धम्की दिएको छ ।