खतरनाक भन्दै गुगलले १३६ ओटा एप्लिकेशन प्लेस्टोरबाट हटायो


काठमाडौं । गुगलले प्लेस्टोरबाट १३६ ओटा एप्लिकेशन हटाएको छ । खतरनाक एप्लिकेशन भन्दै गुगलले प्लेस्टोरबाट हटाएको जनाएको छ । जिमपेरियमका अनुसार ती खतरनाक एप्स फोन डाउनलोड गरेपछि त्यसबाट पैसा चोरी भइराखेको छ ।

जिमपेरियमका सुरक्षा विशेषज्ञले विश्वभरबाट एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताको लाखौं डलर चोरी भएको जनाएका छन् । ती एप्सको विरुद्ध गुनासो परेपछि कारबाही गरेर प्रतिबन्ध लगाएको हो ।

ग्रिप्mटहर्स एन्ड्रोइड ट्रोजनले १० मिलियनभन्दा धेरै गुगल एन्ड्रोइड प्रयोगकर्तालाई निशाना बनाएको जनाइएको छ । ग्रिप्mटहर्स कम प्रयोग हुने एप्लिकेशनमा हुने बताइएको छ ।

ह्यान्डी ट्रान्सलेटर प्रो, हार्ट रेट र पल्स ट्रयाकर, जियोस्पटः जिपिएस लोकेशन ट्रयाकर, आईकेयर–फाइन्ड लोकेशन, माई च्याट ट्रान्सलेटर, फ्रिट्रान्सलेटर फोटो, फिङगर प्रिन्ट चेन्जर, हार्ट रिदम, स्क्यान एण्ड टेस्ट, स्लाइम सिमुलेटर, किर्बोड थिम, फिटनेस पोइन्ट, आईकनेक्टेड ट्रयाकर, स्मार्ट कल रेकर्डर, फोटो ल्याब, क्ल्याप टु फाइन्ड माइ फोन, डेटिङ एप–सुइट मिट, लगायत रहेका छन् ।