बुस परिवारप्रतिको समर्पणले अमेरिकी राष्ट्रपति हुन नसकेका पूर्व विदेशमन्त्री पावेल


काठमाडौं । अमेरिका पूर्व राष्ट्रपति जर्ज बुस परिवारप्रतिको समर्पणका कारण त्यहाँका पूर्व विदेशमन्त्री कोलिन पावेल राष्ट्रपति हुन नसकेको उनीसँग निकट भइ काम गर्ने एक पूर्व अमेरिकी अधिकारीले उल्लेख गरेका छन् ।

८४ वर्षको उमेरमा पावेलको सोमबार कोरोना संक्रमणको जटिलता मृत्यु भएको खबर सार्वजनिक भएपछि अमेरिकी सेनाका गुप्तचर विभागका पूर्व अधिकारी स्कट राइटरले आफ्नो लेख मार्फत यस्तो उल्लेख गरेका छन् ।

‘कोलिन पावेल कुड ह्याभ बिन युएस प्रेसिडेन्ट बट हिज लोयलिटी टु द बुस फ्यामिली ओभरकेम हिज सेन्स आफ ड्युटी टु द नेसन’ शीर्षकको आलेखममा गुप्तचर विभागका पूर्व अधिकारी राइटले बुस परिवार प्रतिको समर्पणका कारण देशका लागि गर्नु पर्ने कर्तव्य समेत पूरा गर्न नपाइ देह त्याग गर्न पुगेको जनाएका छन् ।

यसको साटो उनलाई अमेरिकी इतिहासमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युद्धका लागि झूठ बिक्री गरेको र स्थापित हरेक सिद्धान्तको उल्लंघन गरेको व्यक्तिको रूपमा चिनिने छन् । सन् १९८७देखि २००२सम्म कोलिनसँग राइटरले अमेरिकी इतिहासको साझा यात्रा समानान्तररूपले गरेको उल्लेख गरेका छन् ।

पावेल डिसेम्बर सन् १९८७ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनबाट राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भए । त्यतिखेर अन्तरमाध्यमिक परमाणु शक्ति आईएनएफ सन्धि हस्ताक्षर भएको थियो । डिसेम्बर १९८६ देखि १९८७ को नोभम्बरसम्म पावेल उप राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यतिखेर अनसाइन इन्सपेक्सन एजेन्सी ओसिया कार्यान्वयनको बेला राइटर मेजर पा ट्राहानसँग सन् १९८८ मा थिए ।

जुन १९८८ मा राष्ट्रपति रेगन र सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभ बीच मस्को शिखर सममेलनका मुख्य कलिगढ पावेल थिए । राइटरले पावेलसँगको अर्को अनुभव सन् १९९०मा सोभियत संघको पतन भएको बेला ह्वाइट हाउसबाट रेगन बाहिरिए र जर्ज हरबर्ट वाकर बुस राष्ट्रपति भए । सद्दाम हुसेनले कुवेतमा आक्रमण गरेका थिए । अमेरिकाले सैनिक इराकमा आक्रमणको तयारी गरिरहेको थियो ।

पावेल ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्षमा बढुवा गरिए । राइटर कठिन समस्याको गैर परम्परागत समाधान खोज्ने उनको चाहनाबाट छक्क परेका थिए । खाडी युद्ध अन्त्य गराउने जिम्मेवार व्यक्ति पावेल पनि थिए । त्यतिखेर सद्दाम हुसेनको सत्ता जोगिएको थियो । पावेल सैनिक सेवाबाट सेवानिवृत भएपछि पावेलले राष्ट्रपतिको दौडमा होमिए सजिलै जित्न सक्ने राइटरको बुझाइ छ ।

सन् १९९६मा राष्ट्रपति पदको उम्मेदारको रूपमा उनको चर्चा हुँदा उनले त्यसको विरूद्धमा निर्णय लिए । राष्ट्रपति बन्ने अर्को समय सन् २००० मा आयो त्यतिखेर छोरा बुसले राष्ट्रपनि पदको दौडमा भाग लिने निर्णय लिए । बुस परिवारप्रतिको समर्पणले पावेल छोरा बुसको चुनावी अभियानमा जुट्न पुगे । यसको पारितोषिकको रूपमा उनलाई विदेश मन्त्रीको जिम्मेवारी दिइयो । पहिला अश्वेत अमेरिकी राष्ट्रपति हुनबाट पावेल चुकेको राइटरको भनाइ रहेको छ ।

अमेरिकी गुप्तचर संस्था सीआईएले इराकमा आमसंहारकारी हातहतियार नरहेको थाहा पाउँदा पाउँदै पावेलले त्यसको विपरीत गए । उनले झूठो बोलेको व्यक्तिको रूपमा चिनिने भए । तर पावेलले १९९६ वा २००० मा राष्ट्रपति पदको उम्मेदवारी दिएको भए पहिला अश्वेत राष्ट्रपति हुन सक्ने थिए ।