काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार बन्द हुने भएको छ ।
दवै कम्पनी एक आपसमा गाभिएर असार २० गतेदेखि एकीकृत कारोबार गर्ने हुनाले तयारीको लागि भोली असार १९ गते दुवै कम्पनीको वित्तीय कारोबार रोक्का हुने भएको कम्पनीले जनाएको छ ।
गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महिनाभित्र एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।
मर्जरपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन लागेको हो । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश, बाग्लुङ जिल्ला , बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।
मर्जर प्रयोजनका लागि दुबै कम्पनीको शेयर कारोबार भने असार २० गतेदेखि बढीमा १५ कारोबार दिन रोक्का रहनेछ ।
प्रतिक्रिया दिनुहोस्