काठमाडौ । नेपाल धितोपत्र बोर्डले एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फन्डले निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।
धितोपत्र बोर्डको अनुमतिसँग अब यो योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ।
यो बन्दमुखी योजना हो। यसको योजना व्यवस्थापनमा एनआईबिएल एस क्यापिटल रहेको छ।
प्रतिक्रिया दिनुहोस्