‘उद्यमशिलताको नेतृत्व युवाहरुले गर्नुपर्छ’


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशिलताको नेतृत्व युवाहरुले गर्नुपर्ने बताएका छन् । काठमाडौँमा राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले उद्यमशीलताको मोटिभेसन जटिल रहेकोले यसको नेतृत्व युवाहरुले मात्र गर्न सक्ने बताएका हुन् ।

उनले विदेश जाने ट्रेण्ड चलेको, आफन्त साथि भाइ गइसकेपछी आफु नजाँदा आफ्नो स्टटस जान्छ भन्ने मानसिकता रहेको कारण नेपालमा उद्यम गरेर बस्ने अवस्था नरहेको बताए ।

उनले नेपालमा धेरै अवसर रहेको बताएका छन् । उनले भने, “विदेशमा पछिल्लो २० २२ वर्षमा प्रविधिको प्रयोगले अवसर र पुँजी निर्माण गरेको हो । हाम्रो देशमा यस्ता धेरै चिज गर्न बाँकी रहेको छ । नेपालमा पनि यस्ता धेरै अवसरहरु रहेका छन् । विदेशमा यस्तो भइसकेको कारण धेरै अवसर छैन । नेपालमा यो नभएको कारण धेरै अवसरहरु रहेको छ । त्यो खोज्न लाग्नुपर्छ ।”

उनले आफ्नो क्षमता हेरेर त्यसलाई पहिचान गरेर त्यसको अवसर लिनुपर्ने बताए ।