रियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ ल्याउँदै


काठमाडौ । चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ कार्तिक २४ गते नेपाली बजारमा ल्याउने भएको छ ।
चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै विक्री भइसकेको छ ।

जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको जनाएको छ ।
यो स्मार्टफोन नियो हरियो रंगमा उपलब्ध हुने बताइएको छ ।