नेपालमा भित्रियो विलासी कार ‘अउडी’, मूल्य १ करोड ५० लाखसम्म


काठमाडौँ । विश्व प्रसिद्ध जर्मनी विलासी कार ‘अउडी’ नेपाल भित्रिएको छ । काएरोस इन्टरनेसनल काठमाडौँले अउडीको दुइवटा प्रिमियम सेग्मेन्टको अउडी कार नेपाली बजारमा भित्र्याएको हो ।

शुक्रबार एक कार्यक्रमकाबिच कम्पनीले दुई मोडल क्यु फोर ३५ ई–ट्रोन र क्यु फोर ई–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको हो । उपलब्ध अउडी क्यू फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख र अउडी क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेको छ ।

५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको गाडीमा १ सय २५ किलोवाटको मोटर पिकपार प्रदान गरिएको छ । एक पटकको फूल चार्जमा गाडीले ३ सय ४९ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका दुई मोडल विद्युतीय कार नेपाल भित्र्याएको कम्पनीले जनाएको छ ।