सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा


काठमाडौँ । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर ल्याएको छ ।

सो अफर अन्तर्गत ग्राहकले मारुती सुजुकीका गाडी तथा एसयूभी खरिद गर्दा १ लाख सम्मको नगद छुट र १ लाखसम्मकै एक्सचेन्ज वोनस पाउनेछन् । साथै ग्राहकले १ वर्षको निःशुल्क इन्स्योरेन्स समेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार छुट्टाछुट्टै मोडलमा छुट्टाछुट्टै अफर हुनेछ । आर्थिक मन्दिका कारण शिथिल वनेको अटो बजारमा सुजुकीको उपस्थितीलाई बलियो बनाउन कम्पनीले दशैं आउनुभन्दा निकै अगाडी यस्तो स्किम ल्याएको हो ।