प्राइम कमर्सियल बैंकले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गरेको छ ।

कार्तिक २२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने सेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।’

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

Skip This