एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस ?


काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीका लागि २०.५३ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस र नगद लाभांश दिने घोषण गरेको हो ।

बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांस पाउनेछन् ।