गुराँस लाइफको खुद बिमाशुल्क घट्यो, दाबी भुक्तानी भने बढ्यो


काठमाडौ ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बिमाशुल्क घटेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष समीक्षा अवधिमा १०.३० प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीले ८६ करोड ३३ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा कम्पनीले ९६ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत २१ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आय २० करोड ३६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले गत वर्ष प्रथम त्रैमासमा १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो भने यस वर्ष गत वर्षको तुलनामा ३५०.३४ प्रतिशतले बढेर ६४ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको व्यवस्थापन खर्च घटेर ९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीको व्यवस्थापन खर्च १० करोड ६ लाख रुपैयाँ थियो।

त्यस्तै यस वर्ष कम्पनीको जगेडा तथा कोषको आकार बढेर ५७ करोड ५३ लाख रुपैयाँको पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २७.८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड रुपैयाँको पुगेको छ । गत वर्ष जीवन बीमा कोषमा ८ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.३० रुपैयाँ रहेको छ । पीई रेसियो ७०.५९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.२५ रुपैयाँ रहेको छ।