व्यवसायी थापाले गरे नाडा अध्यक्षमा उम्मेद्वारी घोषणा


काठमाडौं । व्यवसायी धुव्र थापाले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४५ औं साधारणसभामा नयाँ कार्य समितिको लागि निर्वाचन प्यानल घोषणा गरेका छन् ।

आज काठमाडौंमा भएको कार्यक्रममा थापाले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गरेका हुन् । थापाले आफू अध्यक्षसहित १७ कार्यकारी समितिको नामावली घोषणा गरेका छन् ।

उनले घोषणा गरेको प्यानलमा नाडाका कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिवक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया, यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुषाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाह सिग्देल, रिद्दि कार्की, सगुन बिएस् कंसाकार, सञ्जयकुमार खेतान सदस्य रहेका छन् ।

साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन मंसिर २२ र २३ गते हँदैछ ।