संसदले पास गरेको बजेटभन्दा बढी दिन मिल्दैन: अर्थसचिव पुष्कर


काठमाडौं । अर्थसचिव डा. कृष्णहरि पुष्करले संसदले पास गरेको बजेटभन्दा बढअं बजेट दिनको लागि समस्या हुने बताएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उखु किसानलाई दिने अनुदानको विषयमा उनले संसदले पास गरेको बजेटभन्दा बढी दिनको लागि अन्य क्षेत्रको बजेट कटौती गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “संसदबाट पास भएकोभन्दा बढी बजेट दिनको लागि अन्य क्षेत्रको बजेट कटौती गर्नुपर्ने हुन्छ । सांसदको क्षेत्रको बजेट कटौती गर्दा के हुन्छ,तपाईहरुलाई थाहा छँदै छ । अहिले उखु किसानलाई रासायनिक मलको बजेट कटौती गरेर ५२ करोड रुपैयाँ दिएको छौं ।”

सचिव पुष्करले मन्त्रालयहरुले आफूलाई चाहिने बजेट सुरुमै तोकेर पठाउनु पर्ने भन्दै संसदले पास गरेको भन्दा बढी बजेट एक क्षेत्रको कटौती गरेर अर्को क्षेत्रमा पठाउँदा समस्या हुने बताए ।

उनले भने, “संसदले पास गरेको बजेट ५ करोड हुन्छ । माग गरेको बजेट ५० करोड हुँदा त्यसको लागि समस्या पर्छ ।”