नेप्सेको पुरानो वेभसाइट चलेन ? यो लिंकमा गएर लिनुहोस् सेयरबजारको अपडेट


काठमाडौं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेभसाइटमा समस्या आएको छ । आइतबार बजार खुलेदेखिनै पुरानो वेभसाइटमा प्राविधिक समस्या आएको र अहिले समाधान भइसकेपनि साइटमा डाटा हेर्न केही समय लाग्ने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए ।

‘हाम्रो प्राविधिक टिमले समस्या समाधन गरिसक्नुभएको छ’ पराजुलीले भने समस्या समाधान भएपछि वेभसाइटमा डाटाहरु अपलोड विस्तारै भइराखेको हुनाले केहीबेरमा हेर्न सकिनेछ ।

नेप्सेले सेवाग्राहीलाई नयाँ वेभसाइटमा अभ्यस्त भईनसकुन्जेलको दुईवटै वेभसाइट संचालन गरिराखेको सूचना अधिकारी पराजुलीले बताए ।

आइतबार पुस १८ गतेदेखि खुलेको छैन । जसका कारण सहज रुपमा लगानीकर्ताले सूचनादेखि महत्वपूर्ण डाटाहरु समेत हेर्न पाएका छैनन् ।
बाहिर हल्ला भए जस्तै नेप्सेको पुरानो साइट नवीकरण नगरिएका कारण नचलेको होइन, प्राविधिक समस्या आएको हो, पराजुलीले भने ।
लगानीकर्ताहरुले नेप्सेको अर्को वेभसाइट https://newweb.nepalstock.com.np बाट महत्वपूण सूचना तथा डाटाहरु हेर्न सक्नेछन ।