नेशनल लाइफ इन्स्योरेन्स द्धारा १० लाख रुपैयाँ बिमा दाबी भुक्तानी


काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले बिमित मृतक राधेश्याम खड्काको दाबी भुक्तानी गरेको छ । कम्पनीको जावलाखेल शाखाले मंगलवार १० लाख ४२ हजारको दाबी भुक्तानी गरेको हो ।

मृतक खड्काले सन् २०२२ मार्च २२ मा १० लाखको बिमा गरेका थिए। पहिलो किस्ता बापत ८५ हजार ४८५ बुझाएका उनको बिमा गरेकाे १ वर्ष नबित्दै ब्रेन हेमरेजका कारण मृत्यु भएको थियो।

ललितपुर–६ लेलेका खड्कालाई बिमा गरेको ६ महिनामा रोग देखा परेको र ९ महिनामा मृत्यु भएको जनाइएकाे छ। अर्लि डेथ क्लेम अन्तर्गत दाबी भुक्तानी उपलब्ध गराइएको जावलाखेल शाखाले जनाएकाे छ।

कम्पनीले मृतक बीमितको दाबी भुक्तानी प्रकिया पुरा गराएर मृतककी श्रीमती अम्बिका खड्का र छोरालाईसमेत सँगै राखि १० लाख ४२ हजार रकमको चेक हस्तान्तरण गरेको हो ।

मृत्तक खड्काले अमृतश्री बिमा पोलिसी लिएको अभिकर्ता क्रान्ति समालले बताइन्। बिमा गरेको तीन वर्ष भित्र मृत्यु भएमा अर्लि डेथ क्लेम मानिन्छ ।